रोशन गुप्ता
बारा, २० असोज
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष प्रदीप यादवले सरकारले संसद्मा प्रस्तुत गरेको शिक्षासम्बन्धी कानूनमा व्यापक समीक्षा र पुनर्विचारको खाँचो औँल्याउनुभएको छ । उनले विधेयक मस्यौदा गर्ने क्रममा स्वार्थी समूह देखिएको उल्लेख गरेका छन ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा जनता समाजवादी पार्टीका प्रमुख प्रदीप यादवले विद्यालय शिक्षा सुधार तथा सुदृढीकरणसम्बन्धी विधेयक मस्यौदा गर्ने प्रक्रियामा निहित स्वार्थ समूह संलग्न भएकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले प्रश्न गरे,विधेयक पढेपछि यसले केही व्यक्तिलाई प्रोत्साहन गर्ने र सामुदायिक विद्यालयलाई कमजोर बनाउने काम गरेको देखिन्छ । विधेयकका केही विषयलाई निकै कमजोर रुपमा प्रस्तुत गरिएको छ ।
उनले वर्तमान सरकारले शिक्षकसँग भएको सम्झौतालाई विधेयकमा समावेश गरी त्यसको उचित कार्यान्वयन गर्नुपर्ने संकेत गरेका छन् । उनले भने, ुसरकारले शिक्षकसँग सम्झौता गरेको छ, त्यसलाई कडाइका साथ पालना गर्नुपर्छ । यद्यपि, यो विधेयक सरकारको नियन्त्रणमा छैन। यो संसदको हातमा छ। त्यसैले शिक्षकका जायज मागलाई संशोधनमार्फत समेट्नुपर्नेमा उनले जोड दिए ।

