९ सदस्य सहित गढिमाई मेला समिति गठन

छातापिपरा, २० असोज
बारा जिल्लाको जितपुरसिमरा उपमहागनरपालिका वडा ९ छातापिपरा स्थित श्री गढीमाई मन्दिरको मेला हरेक वर्ष झै यस वर्षपनि धुमधामले आयोजना गरिने वडा अध्यक्ष मोतिलाल राउत यादवले बताएका छन ।

मन्दिरको प्रगनमा वडा अध्यक्षको अध्यक्षतामा बसेको बैठकले ९ सदस्य सहित मेला समिति गठन गरिएको छ । नव गठित समितिमा अध्यक्ष कोमल पासवान , उपाध्यक्ष हरि चौधरी, सचिव रामपुकार चौधरी, कोषाध्यक्ष राजकपुर पासवान र त्यसै गरि सदस्यमा श्रीराम चौधरी, ध्रुप पासवान, राजेन्द्र महरा, सिताराम सहनी र कदरी माझी चयन भएका छन । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *