रोशन गुप्ता
फेटा, २३ असोज
फेटा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कमलेशकुमार मिश्रले सम्हाल्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी, उपाध्यक्ष निलम साहलगायतले स्वागत गरेका थिए । अध्यक्ष रुस्तम अन्सारीले आ–आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न इमानदारीपूर्वक सहकार्य गर्नुपर्नेमा जोड दिँदै संगठनभित्र एकता कायम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नगरको विकासका लागि सहकार्य गर्न निर्वाचित जनप्रतिनिधि र कर्मचारी दुवैलाई आग्रह गरे ।
मिश्र यसअघि बारागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । प्रमुख प्रशासकीय अधिकृत मिश्रले फेटा गाउँपालिकाको विकासका लागि निर्वाचित जनप्रतिनिधि र कर्मचारीको साथ र सहयोग जुटाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहमा सीमित अनुभवका बाबजुद विभिन्न सङ्घसंस्थामा काम गरेको अनुभवलाई गाउँपालिकाको विकासका लागि उपयोग गरिने उहाँले विश्वास दिलाउनुभयो । गौरीशङ्करकुमार सिंह यसअघि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेकामा उनलाई मन्त्रालयले अतरिक्त समुहमा राखेको छ ।

