जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता वितरण शुरु

रोशन गुप्ता
बारा, २७ असोज
आज देखि जिल्ला प्रशासन कार्यालय पर्साले बुवाको पहिचान नभएका सन्तानलाई आमाको नाममा दर्ता गर्न दिने गरी नागरिकता दिने प्रक्रिया शुरु गरेको छ । कार्यालयका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीका अनुसार हालसम्म ४० जनाको दरखास्त परेको छ ।

नयाँ नागरिकता ऐन अन्तर्गतको नागरिकता नियमावली अनुसार आमाको नागरिकतामा पतिको नाम नभएका र शैक्षिक योग्यता, जन्मदर्ता र बाबुको नाम कुनै पनि आधिकारिक अभिलेखमा अभिलेख नभएका बालबालिकाका लागि आमाको नामबाट नागरिकता दिने प्रक्रिया शुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी रेग्मीले यही असोज २१ गतेदेखि दरखास्त सङ्कलन शुरु भएको जानकारी दिनुभयो । विस्तृत अनुसन्धानपछि योग्य व्यक्तिहरूलाई आमाको नामबाट एकमुष्ट नागरिकता प्रदान गरिनेछ ।

पर्सा जिल्लामा आमाको नामबाट नागरिकताका लागि करिब एक हजार ५०० देखि दुई हजार आवेदन परेको अधिकारीहरूले अनुमान गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *