सिमराको प्रभात टोलमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

रोशन गुप्ता
असोज २७, सिमरा
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ प्रभात टोलमा आज भव्य सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

प्रभात टोल विकास समितिले “आफ्नो टोल आफै सफा गरौं” भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष मधुसुदन कडेल जानकारी दिएका हुन । दशैँ नजिकिँदै गर्दा आसपासका खोलानाला र सडक सफा गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

सफाइका क्रममा करिब तीन ट्रयाक्टर फोहर सङ्कलन गरिएको र उक्त फोहर नगरपालिकाको सहयोगमा व्यवस्थापन गरिने समितिका सचिव पारस पोखरेलले जानकारी दिनुभयो ।

आगामी दिनहरुमा पनि यस क्षेत्रमा सरसफाई कायम गर्न यस्तै सरसफाई कार्यक्रमहरु संचालन गरिने छ । फोहर फाल्नेलाई दण्डित गर्ने, विभिन्न स्थानमा डस्टबिन वितरण गर्नेविषयमा पनि ध्यान दिइने सचिव पोखरेलले जानकारी दिए ।

सफाइमा प्रभात टोल विकास समितिका पदाधिकारी, वडा नं २ का परिषद् सदस्य उद्धव गौतम, स्थानीय स्वयंसेवकलगायत करिब १०० जनाको सक्रिय सहभागिता रहेको थियो । सो क्षेत्रमा करिब १८३ घरधुरी रहेको सो समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *