प्रयोगमा आउन थाल्यो चिनबाट ल्याइएको खोप

सुरज गुप्ता /
काठमाडौ, २५ चैत्र
नेपाल सरकारलाई चीन सरकारले उपलब्ध गराएको कोरोना खोप प्रयोग मा आउन थालेको छ । भारतमा कोरोना संक्रमन बढे देखि बाहिरी मुलुकलाई कोरोना खोप दिन बन्द गरेको बेला नेपाल सरकारले चिन बाट सहयोग स्वरुप पाइएको कोरोना खोपलाई हाल प्रयोग मा ल्याइएको छ । आज बाट यस खोपको थालनी उपत्यकामा सिभिल अस्पताल, सरुवा रोग अस्पताल, टेकुको शुक्रराज ट्रपिकल तथा र्कीर्तिपुर आयुवेर्दीक शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा खोप दिइन थालिएको हो ।
चीनी कोरोना खोप चीन जाने विधार्थी, चीन क्षेत्रमा रहेको का स्थानियहरु, चीनी क्षेत्रमा गाडी चलाउने गाडी चालक र यसको साथै कोरोना खोप लिन छुटेका केही निजामती कर्मचारीलाई दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *