बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जको चौकमा बिलबिजक भन्दा बढीको समाग्री सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोड क्षेत्रमा प्रहरीको ठुलो संजाल भए पनि उक्त ट्रक सहजरुपले पास भयो, तर कसैलाई देखाइ देखा परेन्न आखिर किन देखा परेन्न त्यो ठूलो प्रश्न बनेको छ ।
उक्त ट्रकमा ५९ लाख १२ हजार ७१७ रुपैयाँ बराबरको बिलबिजक भन्दा बढीको हार्डवेयर तथा अटो पार्टका समाग्री लोड गरिएको फेलापरेको थियो । ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन ।
विषेश सुचनाको अधारमा वीरगज बाट काठमाडौँको लागि छुटेको ना.३.ख ५६७२ ट्रकलाई चेकजाच गर्ने क्रममा उक्त समाग्रीहरु सहित ट्रक प्रहरी नियन्त्रणमा परेको छ ।