सखुवा पर्सौनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी रौनीयारलाई

रोशन गुप्ता
पर्सा, ३० असोज
सखुवापर्सौनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रोजेश रौनियारले सम्हाल्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत रौनियारलाई गाउँपालिका अध्यक्ष जसवन्त यादव, उपाध्यक्ष सर्मिला विष्ट महतो लगायतले स्वागत गरेका थिए ।

अध्यक्ष जसवन्त यादवले आ–आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न इमानदारीपूर्वक सहकार्य गर्नुपर्नेमा जोड दिँदै संगठनभित्र एकता कायम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नगरको विकासका लागि सहकार्य गर्न निर्वाचित जनप्रतिनिधि र कर्मचारी दुवैलाई आग्रह गरे । रौनियार यसअघि यसै गाउँपालिकाको स्वास्थ्य शाखाको प्रमुख थिए । 

प्रमुख प्रशासकीय अधिकृत रौनीयारले फेटा गाउँपालिकाको विकासका लागि निर्वाचित जनप्रतिनिधि र कर्मचारीको साथ र सहयोग जुटाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहमा सीमित अनुभवका बाबजुद विभिन्न सङ्घसंस्थामा काम गरेको अनुभवलाई गाउँपालिकाको विकासका लागि उपयोग गरिने उहाँले विश्वास दिलाउनुभयो । देवनाथ साह रहेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *