जीतपुरमा भव्यरुपले कलश यात्रा (फोटो फिचर)

रोशन गुप्ता
बारा, २९ असोज
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको शान्ति टोलको फिल्डमा रहेको दुर्गा मन्दिरको प्राङ्गणबाट हजारौँको संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले नगरका बिभिन्न भागको परिक्रमा गर्दै दुधौरा खोलामा जलभरेर मन्दिरमा स्थापित गरिएको स्थानीय समाजसेवी शिवजी साहले बताए ।

हिन्दू धर्मावलम्बीहरुको महान चाड दशैँको उपलक्षयमा मधेश प्रदेशका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।

यस पर्वमा माता काली, माता दुर्गा लगायत सात सहेली र एक भाई गणेशको प्रतिमा लाई पूजा गर्ने चलन रहेको छ । 

पूजाको छैटौं दिन अर्थात षष्ठीको दिन बेलनौती हुन जाने र त्यसपछि सप्तमीका दिन बेलटुट्टी भएर आउने तथा अष्टमी देखि दशमीसम्म बोकाको बलि दिने र नाचगान गर्ने गरिन्छ । यस पर्वको समापन मूर्ति विसर्जन तथा दहन कार्यक्रम गर्ने गरिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *