नक्कली बिल बिजक बनाई भन्सार मालसामान सहित ट्रक प्रहरी नियन्त्रणमा

SLF खबर सम्वाददाता /
पर्सा, ३० चैत्र
भन्सार छलीगरी बीरगंज तर्फ बाट नारायणगढ तर्फ गइरहेको ट्रक प्रहरी नियन्त्रणमा । पक्राउ परेका ट्रक चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ को सुरज सिंह २८ वर्षीय रहेको छन । नक्कली बिल बिजक बनाई ट्रक नम्बर ना.३ ख नम्बरको पशुपति रोड कैरियर्सको माल वाहक ट्रक लगिदै गरेको सुचनाको अधारमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा १४ गण्डक स्थित अं २२ः३० बजेको समयमा राकी चेक जाँच क्रममा उक्त ट्रकमा अं.मु.रु ४२ लाख बराबरको कस्मेटिक, हार्डवेयर र किराना सामान फेला परेकोले छ ।

उक्त समान, ट्रक तथा चालक प्रहरी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पढाइएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *