रौतहटमा खेत जोत्ने क्रममा करेन्ट लागेर एक किशानको मृत्यु

आर के गुप्ता
बारा, २३ मंसिर
रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा शनिबार बिहान खेत जोत्ने क्रममा करेन्ट लागेर स्थानीय किसान बैजुलाल पण्डितको मृत्यु भएको छ । दुःखको कुरा, उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भयो।

प्रहरी निरीक्षक झलक शर्माका अनुसार लौकाहा गाउँ नजिकै खेत जोत्ने क्रममा ११ हजार भोल्टको तारले करेन्ट लागेर बैजुलाल पण्डित र गोरुको मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी निरीक्षक शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान शुरु गरेको थियो । खेतमा रहेको बिजुलीको पोलबाट जिउँदो तार कसरी र कहिले खस्यो भन्ने बारे विस्तृत विवरण अस्पष्ट छ । प्रहरी निरीक्षक शर्माले भने, “विस्तृत अनुसन्धान भइरहेको छ, केही निष्कर्षमा पुगेपछि मात्र यकिन कारण पत्ता लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *