जीतपुर वडाले निःशुल्क कम्प्युटर कक्षा संचालन गर्ने, ब्यासिक कोर्ष देखि एकाउन्टिङ पैकेज सम्म

रोशन गुप्ता
बारा, २७ चैत्र
बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ मा निःशुल्क कम्प्युटर कक्षा सञ्चालन हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ को कार्यालयले वडास्तरीय बजेटप्रयोग गरी कक्षा सञ्चालन गर्न लागेको हो । वडा अध्यक्ष सुनिलकुमार गुप्ताले प्रविधिको माध्यमबाट सेवामा सहज पहुँच पु¥याउने, गुणस्तर सुधार गर्ने र व्यावसायिक सम्भावना अभिवृद्धि गर्ने उद्देश्यले वैशाख १५ गते देखि कक्षा सञ्चालन गर्न कार्यालय प्रतिबद्ध रहेको SLF खबर लाई बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका २४ वटै वडाले कम्प्युटर कक्षामा भर्ना हुने अवसर पाउने वडाध्यक्ष गुप्ताले बताए । पाठ्यक्रममा आधारभूत कम्प्युटर साक्षरताबाट सुरु हुने एकाउन्टिङसहित ६ महिने डिप्लोमा कोर्स समावेश हुनेछ ।


२१ औं शताब्दीको विश्व श्रम बजारमा सुसूचित र प्रतिस्पर्धी नागरिकलाई प्रोत्साहन गर्दै नीति र रणनीतिमा सूचना र प्रविधिमा आधारित शिक्षाको एकीकरणलाई तीव्रता दिनु यसको मुख्य लक्ष्य हो । यस वडाको पहलले शैक्षिक संस्थाहरूलाई समकालीन प्राविधिक माग सँग मेल खाने दक्ष जनशक्ति उत्पादन गर्ने क्षमताप्रदान गर्ने लक्ष्य लिएको छ ।


जितपुर स्थित फकिरा गिरी राजेश्वर गिरी माविमा प्रति सिफ््ट ५० जना सहभागी हुने गरी कक्षा सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *