रवि लामिछानेले सरकारी वकिलको कार्यालयमा बयान दिदै

सुरज गुप्ता 

काठमाडौ, १४ मंसिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ, जहाँ उनको बयान लिने काम भइरहेको छ ।

सहकारी ठगी मुद्दामा पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट आज बिहान काठमाडौँ ल्याइएको हो । कास्कीमा पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि बिहीबार साँझ काठमाडौं पठाइएको थियो ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसंस्थामा अनियमितता गरेको आरोपमा मंसिर २ गते पक्राउ गरिएको हो । प्रहरीले सहकारीमा छापा मार्दा लामिछाने र जीबी राईले दुई पटक गाडी खरिद गरेबापत जनही ४६÷४६ लाख रुपैयाँ लिएको खुल्न आएको थियो । लामिछानेलाई वनस्थलीस्थित आरएसपी कार्यालयबाट नियन्त्रणमा लिइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाबाट रकम हिनामिना गरेको आरोप पनि अनुसन्धानबाटै लागेको छ । लामिछानेमाथि अनुसन्धान भइरहेको छ भने घटनामा मुछिएका अर्का व्यक्ति छविलाल जोशीलाई पोखरा फर्काइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *