पूर्वगृहमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको बयान करिब साढे छ घण्टाको रेकर्डिङपछि आज सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय माइतीघरमा बिहान ९:०० बजे सुरु भएको बयान अपराह्न ३ः३० बजे सकिएको थियो ।
स्वर्णलक्ष्मी सहकारी संस्थाबाट रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई थप सोधपुछका लागि भैरहवा लगिएको छ । गत कात्तिक २ गते पक्राउ परेयता उनी अनुसन्धानका लागि पाँच पटक प्रहरी हिरासतमा रहेका छन ।
लामिछाने बयानका लागि काठमाडौं आइपुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता जिल्ला सरकारी वकिलको कार्यालय बाहिर भेला भएका थिए ।