नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ले बढ्ने छ ।
नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १सय ६३ रुपैयाँ पुगेको छ । दाङ र सुर्खेतमा प्रतिलिटर रु १६२रुपैया र अन्यत्र ठाउमा १६०.५० रुपैया प्रति लीटर । काठमाडौं, पोखरा र दिपायलमा डिजेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ कायम गरिएको छ । दाङ र सुर्खेतमा प्रतिलिटर रु १५२ रु र अन्य स्थान पर १५०.५० रुपैया प्रति लीटर ।
आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर १५ अमेरिकी डलर घटाइएको छ ।