जीतपुरसिमराको १० औँ नगरसभालाई चुनौती दिँदै दायर गरिएको रिट निवेदन उच्च अदालतले खारेज गर्यो

रोशन गुप्ता  

जीतपुर, ०८ पौष

 

बाराको जितपुरसिमरा उपमहानगरपालिकाको १०औँ नगरसभालाई चुनौती दिँदै दायर गरिएको रिट निवेदन उच्च अदालत वीरगञ्जको अस्थायी इजलासले खारेज गरेको छ ।

 

न्यायाधीशद्वय ऋषिराम निरौला र भरत लम्सालको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।

नगर उपप्रमुख भोलाप्रसाद अधिकारीसहित ९१ जना नगरसभा सदस्यले गत असार १० गते सभा रद्द गर्न माग गर्दै निवेदन दिएका थिए । नगरप्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले विरुद्ध असार २३ गते उत्प्रेरण परमादेशको रिट दायर उच्च अदालत अस्थायी इजलास वीरगंजमा गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *