अत्यधिक चिसोका कारण जितपुरसिमरा उपमहानगरपालिकाले आजदेखि दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरको शिक्षा, युवा तथा खेलकूद शाखाले एक सूचना जारी गरी जाडो मौसमका कारण यही माघ १५ र २५ गते सबै सामुदायिक तथा निजी विद्यालय बन्द रहने जनाएको छ ।
चिसोका कारण पठनपाठनमा समस्या भएको भन्दै शिक्षक तथा अभिभावकबाट गुनासो आएपछि यस्तो निर्णय गरिएको हो । लगातारको हुस्सु र चिसोका कारण विद्यार्थीलाई ध्यान केन्द्रित गर्न समस्या भएकाले विद्यालय बन्द गरिएको जितपुरसिमरा शिक्षा शाखाप्रमुख हरिश भट्टले बताए । दुई दिनको बिदा वार्षिक बिदाबाट काटिनेछ ।
जितपुरसिमरामा ६१ सामुदायिक र ५१ संस्थागत विद्यालय छन । बाराको सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले पनि यस्तै सूचना जारी गरेका छन ।