रोशन गुप्ता
जीतपुर, ९ माघ
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ मा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माणमा ढिलाइ भएको छ । विधालयको भवन निर्माण कार्य अघि बढाउन ठेकेदार कम्पनी हिचकिचाउँदै आएको छ ।
नगरपालिकाले यस विषयमा विशेष चासो लिनुपर्ने हो, निर्मााण कम्पनीलाई भनव निर्माण गर्न लगाउनु पर्छ वा तुरन्त कारवाहीको दाइरामा ल्याउनुपर्ने यसै विधालयका एक अभिभावकले बताएका छन ।
जीतपुरसिमराकै जेठो विधालय भनेर चिनिने विधालयमा विधार्थीको संख्या भवनको दोबर रहेकोले नयाँ भर्नामा सम्स्या उत्पन्न देखिएको छ ।
हाल सुविधाको अभाव भएपछि नगरपालिकाले नयाँ भवननिर्माणका लागि एनके कन्स्ट्रक्सन वीरगञ्ज प्रा.लि. लाई ठेक्का दिएको थियो । विद्यालयका प्रधानाध्यापक राजु सिंहले ठेकेदारले काम रोकेका कारण ढिलाइ भएको बताए ।
वडा नं ७ का सुनिल गुप्ताले जितपुरका बालबालिकाको पढाइका लागि तत्काल भवन निर्माण गर्नुपर्नेमा जोड दिदै आएका ।

