प्रकृति लम्सालको शवआज आउने तैयारी

सुरज गुप्ता  

काठमाडौं, ७ फागुण

भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी प्रकृति लम्सालको शव आज स्वदेश ल्याइने भएको छ ।

भारतस्थित नेपाली राजदूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय गरी शव नेपाल ल्याउन लागिएको उनका आफन्तले बताएका छन । प्रकृतिकी फुफु सीता ढकालका अनुसार आज साँझसम्म शव ल्याउने व्यवस्था मिलाइएको छ ।

प्रकृतिको शंकास्पद मृत्युको खबर सुनेपछि उनका बुबा सुनिल लम्साल उडिसा गएका थिए । मंगलबार उनले प्रहरी अधिकारीलाई भेटेर छोरीको न्यायको माग गरेका थिए ।

२० वर्षीया प्रकृति आइतबार दिउँसो होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन । त्यही साँझ विद्यार्थीहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गर्न थाले । तर विश्वविद्यालय प्रशासनले प्रदर्शनकारीमाथि कडा कारबाही गरेको थियो ।

प्रकृतिको न्यायको लागि विरोध गर्ने विधार्थीहरुमाथी राणकालीन सोच देखाउने क्रमचारीलाई विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । विश्वविद्यालय र प्राध्यापक मञ्जुषा पाण्डेले आन्दोलनमा सहभागी नेपाली विद्यार्थीलाई धम्की दिएको भन्दै हाल माफी मागेका छन ।

यस घटनाले उडिसा विधानसभामा पनि चिन्ता व्यक्त गरेको छ, राज्य सरकारले यस मामिलाको अनुसन्धानको लागि एक उच्चस्तरीय समिति गठन गरेको छ ।

प्रकृतिलाई ब्लयाकमेल गरेको आरोप लागेका अद्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा राखेको छ ।

केआईआईटीले आफ्नो लापरवाहीको लागि आलोचनाको सामना गर्नुपरेको छ, किनकि प्रकृतिले श्रीवास्तवद्वारा उत्पीडनको प्रमाणको साथ धेरै उजुरीहरू दायर गरेकी थिइन, तर कलेजले पीडितलाई समर्थन गर्नुको सट्टा आरोपीको पक्ष लिएको थियो ।

 

नेपाल र भारत दुवै देशका विद्यार्थीहरूले मुद्दाको विरोध जारी राखेका छन भने संसदमा पनि प्रश्न उठन थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *