कलैयामा रिंकुको हत्यारालाई पक्राउ गर्न सडक प्रदर्शन

रोशन गुप्ता 

कलैया, १३ फागुन

बाराको सदरमुकाम कलैयामा सिरहाकी १७ वर्षीया रिंकुको न्यायको माग गर्दै आज सडक प्रदर्शन गरिएको छ । विरोध प्रदर्शनमा स्थानीय जनप्रतिनिधि, युवा, समाजसेवी, दलित सङ्घसंस्थाका सदस्यको सहभागिता थियो ।

गत माघ २७ मा गाउँका अगुवाहरूले रिंकुको अपहरण र सामूहिक बलात्कारको घटनालाई १ लाख ४० हजारमा टुंग्याउने प्रयास गरेका थिए । त्यसको अर्को दिन रिंकु आफ्नै घरमा मृत फेला परेकी थिइन ।

आजको प्रदर्शनका क्रममा प्रदर्शनकारीले दोषीलाई मृत्युदण्डको माग गर्दै उनीहरूलाई तत्काल न्यायको कठघरामा ल्याउन माग गरेका थिए । त्यस्ता व्यक्तीलाई कडाभन्दा कडा सजाय नदिइए भविष्यमा पनि पीडितहरूले यस्तै नियति भोग्नुपर्ने छ भनेर तिनीहरूले चिन्ता व्यक्त गरे । प्रदर्शनकारीले यस्ता अपराध रोक्न कडा कानुनी कदम चाल्नुपर्नेमा जोड दिएका छन ।

 

नेपाल दलित संघर्ष समिति बाराले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै घटनाको विस्तृत जानकारी र सबैका लागि समान न्यायको माग गरेको छ । दलित मुक्ति संगठन नेपाल र दलित जनजाति उत्थान केन्द्र कलैयाको संयुक्त आयोजनामा विरोध प्रदर्शन भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *