भगवान शिवको उत्पत्तिभएको रातको सम्झनामा मनाइने महाशिवरात्रि पर्व आज देशभर पूजाआजा, आराधना र दर्शनगरी मनाइँदैछ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा मनाइने महाशिवरात्रि भगवान शिवको पूजामा समर्पित छ । धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईका अनुसार त्रयोदशीतिथिमा मध्यरातमा पूजा आजा र दर्शन गर्नाले परलोकमा सुख, शान्ति र मोक्ष प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।
वैदिक सनातन हिन्दू परम्पराका भक्तहरूले शिवालयमा गएर पूजा आजा गर्नुअघि नदी, तलाउ र तलाउमा स्नान गरेर आफ्नो दिनको सुरुवात गरेका थिए । भगवान शिवको उत्पत्तिको रातको नामबाट नामाकरण गरिएको यस पर्वलाई शिवपुराणमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार महत्वपूर्ण रातमध्ये एकको रूपमा उल्लेख गरिएको छ ।