कारोनाको कारण थप एक महिलाको मृत्यु

बिपना शर्मा /
बिरगंज, ५ बैशाख

वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा आज दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नारायणी अस्पतालमा शनिबार दिउँसो भर्ना भएकी ती महिलाको उपचारका क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

ज्वरो , खोकी र निमोनियाको समस्या भएपछि शनिबार उपचारका लागि गण्डक अस्पतालमा पुगेकी ती महिलाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि शनिबार नै दिउँसो नारायणी अस्पताल भर्ना गरिएको थियो ।

यसअघि गत बिहीबार पनि नारायणी अस्पतालमै वीरगन्ज २ की ४२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो । पछिल्लो एक हप्तामा कोरोना संक्रमणका कारण पर्सा र बाराका गरी ५ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *