सवारी दुर्घटना न्युनिकरणका लागि बसपार्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SLF खबर सम्बददाता /
जाजरकोट, ५ बैशाख
जिल्ला प्रहरी कार्यालय जाजरकोटले सवारी दुर्घटना न्युनिकरणका लागि बसपार्कमा अन्तरक्रिया सम्पन्न गरेको छ । यस अन्तरक्रिया कार्यक्रममा गाडीको टाइम कार्डको बारेमा चालक तथा सवारी धनीहरुलाइ फाईदा बारे चर्चा गरिएको थियो ।


चलक , स–चालक तथा सवारी धनी र यात्रुमहानुभाबहरुको उपस्थितिमा आजको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
जाजरकोट यातायात प्रा.लि का अध्यक्ष तथा यातायात ब्यबसायी संघ कर्णली प्रदेश सदस्य नबराज सिंहको अध्यक्ष्ँतामा एव जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरिक्षक मधु कुमार थापाको आथित्यतामा सम्पन्न भएको हो ।


उक्त कार्यक्रममा बाटो ईजाजत पत्र नभएको सवारी नचलाउने, निजी सवारी साधनले भाडाको रुपमा प्रयोग नगर्ने, यात्रु बाहक सवारी साधानहरुको बिमा अनिवार्य गराउने, सवारी मापदण्ड अनुसार नभएका सवारीलाई मर्मत संभार गर्ने, चालक अनुमति पत्र प्राप्त नगरेका चालकलाई सवारी चलाउन नदिने , सिट क्षमता भन्दा बढी यात्रु बोक्दा सवारी दुर्घटना जोखिम बढने भएकोले तत्काल जिल्ला भरी कडाईका साथ चेक जाँच र कार्यान्वयन प्रक्रिया अगाडी बढाइने भएकोले यसमा आम नागरीक चालक स–चालक र सवारी धनीहरुले बिषेश साथ दिनु पर्ने सम्बन्धना अन्तरक्रिया कार्यक्रम भएको थियो ।

लापरबाही र समयको हतारको कारण पनि सवारी दुर्घटनाको अर्को मुख्य कारण भएकोले सवारी टाईम कार्ड लागु गर्न र निरन्तरता दिन नेपालगंन्ज तर्फ प्रस्थान गरिरहेको यात्रु बाहक सवारी साधनको चालकलाई कर्णाली प्रदेश यातायात ब्यबसायी संघका सदस्य नबराज सिहं र प्र.ना.उ. मधु कुमार थापाले एकै साथ टाईम कार्ड हस्तान्तरण गर्नु भई टाईम कार्ड लागु गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *