SLF खबर सम्वददाता /
पर्सा, ५ बैशाख
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला फेटा गाँउपालिका वडा ६ निवासी घरभएका बीरगंज महानगरपालिकाको वडा १६ बाट रेयाज मियाँ ठकुराईलाई पक्राउ गरेको हो ।

सुचना परिचालन तथा कारवाहीको सिलसिलामा शनिवार ९ बजे राति बीरगंज महानगरपालिकाको वडा १६ बाट पक्राउ गरि ठकुराईलाई जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरु चलाई ल्याएको चेचिस नं. ZBNL29007LBB44419 र इन्जिन नं.BJ157FMJA92021310 भएको नम्बर प्लेट भएको प्रदेश नं २–०३–००७ नम्बरको सेतोमा रातो रंगको TNT 150 CC को मो.सा.चोरी भएकोमा खोजतलास तथा अनुसन्धानको क्रममा उक्त मो.सा.जि.बारा फेटा गा.पा.वडा नं. ६ हाल बी.म.न.पा. वडा १३ मा डेरा लिई बस्दै आएको २० वर्षीय रेयाज मियाँ ठकुराईले उक्त घरको कम्पाउण्ड भित्र प्रवेशगरी मोटरसाइकल राखेको पाइएको थियो ।

मोटरसाईकल तथा ठकुराईलाई प्रहरी हिरासतमा लिइ चोरी सम्बन्धी कसुर मुद्धामा सम्मानित पर्सा जिल्ला अदालतबाट ७ दिनको थप म्याद गरि अनुसन्धान प्रकृया अगाडी बढाइएको जानकारी प्रहरी प्रवक्ता तथा सुचना अधिकारी ओमप्रकास खनालले बताएको हुन ।

