SLF खबर सम्वददाता /
जाजरकोट, ६ बैशाख
जाजरकोटको नलगाङ नगरपालिका वडा १ मा लगाइएको अत्यधिक मात्रामा लगाइएको अफिमको खेत प्रहरी द्धारा नष्ट गरिएको छ । १० कठ्ठामा जमिमनमा लगाइएको अफिम सुचना को अधारमा प्रहरीले उक्त खेतमा लगाइएको लागुऔषध अफिम नष्ट गरेको प्रहरीले जनाएको हो ।

लागुऔषध अफिमको १० कठ्ठामा लगाएको प्रहरी द्धारा नष्ट गरिएको जानकरी जिल्ला प्रहरी कार्यालय जाजरकोट र इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी नायव निरीक्षक लालमणी जोशीको कमाण्डमा गएको संयुक्त प्रहरी टोलीले नस्ट गरेको थियो ।

लागुऔषध अफिमको खेती नलगाड नगरपालिकामा पर्ने खौला, मंसिरी तथा रुपलगायतका स्थानियहरु लुकिछिपी लगाउदै आएको र जानकारी पाए अनुसार प्रहरीले लागुऔषध प्रहरीहरुले नष्ट गर्दैआएका जानकारी जिल्ला प्रहरी प्रमुख श्याम खत्रीले बताएका हुन ।

अफिम को कारोबार अवैध तरिकाले नेपालका विभिन्न क्षेत्र तथा विदेशम पनी समेत निर्यात हुने गरेको पाइएको छ । तपाईहरुलाई जानकरी गाराइदिहालौ कि अफिमलाई नेपाल सरकारले लागुऔषधको सुचिमा राखेको कारणले यसको बेच विक्री तथा खेतीगर्ने मा रोक लागएको छ ।

