वडा अध्यक्ष गुप्तालाई तत्काल रिहा गर्न नेकपा एमाले जीतपुरसिमराको माग

रोशन गुप्ता  

बारा, ७ चैत्र

नेकपा (एमाले) ले जीतपुरसिमरा उपमहानगरपालिका–७ का वडाध्यक्ष सुनिल गुप्तालाई तत्काल रिहा गर्न माग गरेको छ ।

नेकपा (एमाले) को जितपुरसिमरा नगर कमिटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेकपा (एमाले) बाट निर्वाचित गुप्तालाई केही नेता र तिनको पूर्वाग्रहबाट प्रेरित मनगढन्ते आरोपमा पक्राउ गरिएको दाबी गरेको छ ।

विज्ञप्तिमा गुप्तालाई अन्यायपूर्ण तरिकाले चार दिनसम्म हिरासतमा राखिएको उल्लेख गर्दै रिहाइको माग गरिएको छ । पार्टीले जीतपुर घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न पनि माग गरेको छ ।

नेकपा (एमाले) जितपुरसिमरा नगर कमिटीका सचिव रत्नप्रसाद उप्रेतीले घटनाप्रति पार्टी गहिरो दुःखित भएको र घटनाको भत्र्सना गरेका छन । गुप्तालाई प्रहरीले घटनाका बारेमा छलफलका लागि मात्र बोलाएको र पक्राउ गरेको उनीहरुको आरोप छ ।

 

जितपुर सिमरा–७ स्थित प्रशुराम गिरीको घरमा चैत १ गते राति भएको घटनामा संलग्न रहेको आरोपमा बारा प्रहरीले सुनिल गुप्तालाई पक्राउ गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *