बारागढी गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न, नीति कार्यक्रम र बजेट सार्वजनिक

रोशन गुप्ता

बारा, ९ असार

बारागढी गाउँपालिका, बारा द्वारा आर्थिक वर्ष २०८२÷८३ को दोस्रो कार्यकालको सातौं गाउँसभा सोमबार सम्पन्न भएको छ । गाउँसभामा आगामी वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो ।

गाउँपालिकाको सातौऔँ नगर सभामा नीति तथा कार्यक्रमसहितको बजेट पालिका अध्यक्ष र उपध्यक्ष लक्ष्मीदेवी रायद्धारा हस्तान्तरण गरिएपछि वडा ४ का अध्यक्ष एवं स्थानिय सरकार प्रवक्ता पन्नालाल साहले सभा समक्ष बजेट प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिका सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन दिप प्रज्वलन गर्दै गाउँपालिका अध्यक्ष अशोक जैसवालले समावेशी र दिगो विकासको अवधारणा अनुरूप बजेट बनाइएको बताए । “जनताको आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सामाजिक सुरक्षालाई प्राथमिकता दिई नीति कार्यक्रम तय गरिएको छ,” अध्यक्ष जैसवालले बताए ।

त्यसैगरी, उपाध्यक्ष लक्ष्मी देवी रायले महिलाहरूको सशक्तिकरण, बालबालिका, दलित र सीमान्तकृत समुदायको हक अधिकार सुनिश्चित गर्न योजनाहरू ल्याइएको जानकारी दिइन । “गाउँपालिका समावेशी बनाउने हाम्रो प्राथमिकता हो, बजेटमा सबै वर्गको समावेश सुनिश्चित छ,” उपाध्यक्ष रायले भनिन । कार्यक्रममा वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *