परवानीपुर गाउँपालिकाले ३४ करोड ६९ लाख बराबरको बजेट सार्वजनिक

रोशन गुप्ता

बारा, ९ असार

बाराको परवानीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु. ३४ करोड ६९ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न गाउँपालिकाको १६औं गाउँसभा अधिवेशनमा उपाध्यक्ष सुगान्धी देवी कानुको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आयव्यय विवरणसहितको बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेट अनुसार आगामी आर्थिक वर्षमा रु. ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ बराबरको आम्दानी हुने अनुमान गरिएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, युवा तथा महिलामुखी कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत रौनियारले जानकारी दिए।

उनका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रम समावेशी र समन्यायिक विकासको लक्ष्य अनुरूप तयार गरिएको छ। भौतिक विकास योजनासँगै मानव विकासका सूचकहरूमा सुधार ल्याउने कार्यक्रमहरूलाई समेत प्राथमिकतामा राखिएको छ।

गाउँसभा समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामक्षत्री कुर्मीले नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले जनमुखी योजना र कार्यक्रमहरू बजेटमा समेटिएको बताए।

गाउँपालिका अध्यक्ष कुर्मीको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष कानु, प्रमुख प्रशासकीय अधिकृत रौनियार, वडा अध्यक्षहरू, गाउँकार्यपालिका सदस्यहरू, वडासदस्यहरू, कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *