जीतपुरसिमरामा निर्माणाधीन योजनाहरूको गुणस्तर र समयसीमा सुनिश्चित गर्न कडाइका साथ स्थलगत अनुगमन

रोशन गुप्ता
बारा, १२ असार
जीतपुरसिमरा उपमहानगरपालिकाभित्र निर्माणाधीन विभिन्न विकास योजनाहरूको योजना अनुगमन समितिले स्थलगत निरीक्षण गरेको छ। अनुगमनका क्रममा समितिले निर्माणको गुणस्तर, तोकिएको समयसीमा र बाँकी कामहरुको प्रगति अवस्थाबारे सूक्ष्म रूपमा निरीक्षण गरेको हो।

समितिले काम ढिलो हुने, गुणस्तरमा चासो नदिने र बजेटको सही सदुपयोग नभएको योजनाहरूमा तत्काल सुधार गर्न आवश्यक निर्देशन समेत दिएको छ। निर्माण सम्पन्न गर्न बाँकी रहेका योजनाहरुलाई प्राथमिकताका साथ सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिइएको जनाइएको छ।

उक्त अनुगमन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्ती राज प्रसाई, विभिन्न वडाका अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

स्थानीयबासीले निर्माण कार्यको अनुगमनमार्फत सार्वजनिक सम्पत्तिको दिगोपनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *