रौतहट सीमाक्षेत्रबाट नक्कली नेपाली नोटसहित तीन पक्राउ

SLF KHABAR
रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट नक्कली नेपाली नोटसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

मंगलबार अपरान्ह ओरैयास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टबाट खटिएको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका तीन जनालाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।

सशस्त्र प्रहरीले चेकजाँचका क्रममा बीआर–०५ एटी–०९८३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरूबाट ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको हो। पक्राउ परेकामा भारतको बिहार राज्य, पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका–४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेका छन्।

उनीहरूको साथबाट नेपाली एक हजार दरका ११८ थान नक्कली नोट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *