SLF KHABAR बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ हरपूरमा रहेको विद्यालय र मन्दिर क्षेत्रको सौन्दर्यकरणका लागि जडान गरिएको टावर लाइटको मर्मत तथा सरसफाइ गरिएको छ। साथै चौकको पनि सौन्दर्यकरण गरिएको छ।
केही दिनदेखि टावर लाइटमा धुलो–फोहोर जम्दा पूर्ण रूपमा नबलेको गुनासो आएपछि वडा कार्यालयको पहलमा लाइट सफाइ गरी पुनः सञ्चालनमा ल्याइएको हो। यससँगै चौकको सरसफाइ तथा व्यवस्थापन गरी क्षेत्रलाई आकर्षक बनाइएको छ।
वडा अध्यक्ष सुलतान अंसारीले भने, “सार्वजनिक स्थलको नियमित मर्मत र सरसफाइ वडाको जिम्मेवारी हो। विद्यालय र मन्दिर जस्ता संवेदनशील स्थान उज्यालो र सफा हुनु आवश्यक भएकाले तत्काल पहल गरेका हौं।”
स्थानीयवासीका अनुसार टावर लाइट मर्मत र चौकको सौन्दर्यकरणपछि साँझपख क्षेत्र सुरक्षित र आकर्षक बनेको छ।
यसले आन्तरिक पर्यटकको आवागमन बढाउनुका साथै वडाको समग्र सौन्दर्यमा सकारात्मक योगदान पुर्याएको उनीहरूको भनाइ छ।