हरपूर चौकस्थित मन्दिरको छत ढलान सम्पन्न, १५ लाख बजेटबाट धार्मिक सहिष्णुताको उदाहरण

SLF KHABAR
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ हरपूरमा रहेको मन्दिरको छत ढलान कार्य सम्पन्न भएको छ।

वडा स्तरबाट विनियोजित १५ लाख रुपैयाँको बजेट प्रयोग गरी मन्दिरको छत ढलान गरिएको हो।

लामो समयदेखि स्थानीयवासीहरूले हरपूर चौकमा मन्दिर निर्माण तथा व्यवस्थित संरचनाको माग गर्दै आएका थिए। सोही मागलाई सम्बोधन गर्दै वडा अध्यक्ष सुलतान अंसारीको नेतृत्वमा छत ढलानको काम अघि बढाइएको हो। वडा अध्यक्ष मुस्लिम समुदायबाट भए पनि सम्पूर्ण वडावासीका साझा आवश्यकता र हितलाई प्राथमिकता दिएको भन्दै स्थानीयले उनको खुलेर प्रशंसा गरेका छन्।

वडा अध्यक्ष सुलतान अंसारीले भने, “म वडा अध्यक्ष कुनै समुदाय विशेषका लागि होइन, सम्पूर्ण वडावासीका प्रतिनिधिका रूपमा निर्वाचित भएको हुँ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नु हाम्रो साझा जिम्मेवारी हो।”

स्थानीयका अनुसार हरपूर चौकमै मन्दिरको संरचना व्यवस्थित हुँदा चौकको सौन्दर्यकरणमा ठूलो योगदान पुगेको छ।

यसले धार्मिक आस्थासँगै आन्तरिक पर्यटन प्रवर्द्धन र वडाको समग्र सौन्दर्य अभिवृद्धिमा पनि सकारात्मक भूमिका खेलेको उनीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *