लामो समयदेखि स्थानीयवासी हिलो र जलनिकासको समस्याबाट पीडित हुँदै आएका थिए।
स्थानीयका अनुसार विगतका वर्षहरूमा पटक–पटक जनप्रतिनिधिलाई समस्या जानकारी गराउँदा पनि समाधान हुन सकेको थिएन। तर हालका वडा अध्यक्ष सुलतान अंसारीले स्थानीयको गुनासोलाई गम्भीरतापूर्वक लिँदै वडा स्तरको २ लाख रुपैयाँ बजेट विनियोजन गरी समस्या समाधान गरेका हुन्।
वडा अध्यक्ष सुलतान अंसारीले भने, “दक्षिण टोलका बासिन्दाले भोग्दै आएको समस्या हाम्रो प्राथमिकतामा थियो। सानो बजेट भए पनि दीर्घकालीन समाधानतर्फ केन्द्रित भएर काम गरेका हौं।”
पहिले नालाको पानीका विषयमा विवाद र झगडा हुने यस क्षेत्रमा अहिले स्थानीयको अनुहारमा खुसी झल्किएको देखिन्छ। हिलो समस्या समाधान भएसँगै आवतजावत सहज भएको र टोलको वातावरण सुधार भएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार यस कार्यले दक्षिण टोलको सौन्दर्यकरणमा ठूलो योगदान पुर्याएको छ।