हरपूरमा महिनौँदेखि जाम नाला सफा, वडाध्यक्ष अंसारीको पहलमा स्थानीय राहत

SLF KHABAR
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपूरस्थित नहर टोल र इदगाह टोलमा विगत केही महिनादेखि नाला जाम हुँदा स्थानीयवासी दुर्गन्धको समस्याबाट प्रभावित हुँदै आएका थिए।

उक्त समस्यालाई मध्यनजर गर्दै वडाध्यक्ष सुलतान अंसारीले वडा स्तरीय एक लाख रुपैयाँ बजेट प्रयोग गरी नाला सफाइ कार्य गराएका छन्।

नाला सफाइपछि दुर्गन्ध हट्नुका साथै वातावरणमा सुधार आएको भन्दै स्थानीयवासी खुसी भएका छन्।

नाला जामका कारण स्थानीयहरूबीच उत्पन्न विवादसमेत अहिले अन्त्य भएको एक स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *