फत्तेपुर बजारको १८ बठा अवैध संरचनामाथी मेयर पौडेलको बुलडोजर

रोशन गुप्ता 

जीतपुर, ६ जेष्ठ

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरसिमरा–१२ फत्तेपुरमा सार्वजनिक जग्गामा निर्माण गरिएको अवैध संरचना भत्काउन डोजर परिचालन गर्दै खाली गराएको छ । कृषि बजार (हाटबजार) र वडा कार्यालय भवनका लागि छुट्याइएको जग्गा खाली गर्न पटक–पटक सूचना जारी गरिए पनि अवैध टहरा भने कायमै राख्ने माथी पालिकाका नगर प्रमुख राजन पैडेलले आफै बुलडोजर चलाउन लगाएका थिए ।

वि.सं २०२२ को फिल्डबुकमा हाटबजारका रूपमा लिपिबद्ध गरिएको कित्ता नं १७ को १८ कट्ठा जग्गामा छ । यस जग्गा मध्ये ६ कट्ठा जग्गा बजारका लागि प्रयोग गरिएको थियो भने बाँकी १२ कट्ठा जग्गा गैरकानुनी रूपमा कब्जा गरिएको थियो । गत आर्थिक वर्षमा उपमहानगरपालिकाले स्थानीय कृषि बजारका लागि रु ३५ लाख बजेट छुट्याए पनि जग्गा खाली हुन नसक्दा रकम फिर्ता भएको थियो ।

चालू आर्थिक वर्षमा कृषि बजार र वडा कार्यालय निर्माणका लागि रु ९० लाख विनियोजन गरिएको छ । जितपुरसिमरा–१२ का वडाध्यक्ष श्यामबाबु खाँले समयसीमा सकिएपछि भत्काइएको पुष्टि गर्दै भने, “हामीले पटक–पटक अबैध संरचना हटाउन सूचना जारी ग¥यौँ, तर पालना नभएपछि उपमहानगरपालिकाको डोजर चलाएर भत्काउने काम अघि बढायो ।

घरायसी र व्यापारिक रुपमा धरै वर्ष देखि अबैध संरचना निर्माण गर्दै प्रयोग गर्दै आएका थिए । फत्तेपुर बजारलाई चुस्त दुरुस्त रुपमा व्यवस्थापन गर्ने र नयाँ वडा कार्यालय निर्माणमा सहजीकरण गर्ने उद्देश्यले नगरप्रमुख राजन पौडेलको संयोजकत्वमा उक्त कार्य गरिएको हो । नगरप्रमुख पौडेलको नेतृत्वमा शनिबार फत्तेपुरमा गएको टोलीले व्यक्तिगत रुपमा अवैध संरचना भत्काएको अनुगमन गरेको हुन । नगरप्रमुख पौडेलले जीतपुरको गौशाला र फत्तेपुर बजारका संरचना लगायत उपमहानगरपालिका भित्रका सार्वजनिक जग्गा फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे । 

वडा नं १२ व्यावसायिक तरकारी तथा माछापालनको हब भएको उल्लेख गर्दै उहाँले वडा नं १२ को प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो । सार्वजनिक जग्गाबाट अतिक्रमण गरिएको जग्गा खालि भइरहेको देख्दा स्थानिय खुशी व्यक्त गर्दै मेयर र वडा अध्यक्षको जयकार लगाएका थिए । सार्वजनिक जग्गामा परम्परागत रुपमा हप्तामा दुई पटक कृषि बजार लाग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *