पालिकाले स्थानियलाई इन्डक्सन चुलो,इन्डक्सन प्रेसरकुकर र इन्डक्सन कराही बाँड्दै

रोशन गुप्ता 

बारा, ६ जेष्ठ

मङ्गलसेन नगरपालिकाले आफ्ना नागरिकलाई सहुलियत दरमा विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । यी चुलोहरु विद्युतको पहुँच भएका क्षेत्रभित्रका गरिब, एकल महिला र दलित समुदायका घरधुरीमा उपलब्ध गराइनेछ । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले नगरका स्थायी बासिन्दालाई इन्डक्सन चुल्हो, इन्डक्सन प्रेसर कुकर र इन्डक्सन करही वितरण गरिने जानकारी दिए ।

नगरपालिकाले कुल रु आठ हजार ५०० पर्ने सामग्रीका लागि रु चार हजार ५०० मात्र तिर्नुपर्ने व्यवस्था गरेको छ । यी विद्युतीय चुल्हो वितरणका सम्बन्धमा सार्वजनिक सूचना जारी गरिएको छ । सोडारीले आवेदन दिने र मापदण्ड पूरा गर्ने परिवारलाई ती सामग्री वितरण गरिने स्पष्ट पारे ।

आवेदकले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी बसोबासको प्रमाण र रु चार हजार ५०० तिरेको रसिद सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ । यो वितरण चालू आर्थिक वर्षमा संघीय सशर्त अनुदानबाट सञ्चालित नवीकरणीय ऊर्जा प्रविधि जडान कार्यक्रमको एक हिस्सा हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *