रोजगारीको औसर खोज्दै चालू आर्थिक वर्षको १० महिनामा ६ लाख नेपाली विदेसिएका छन ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०÷८१ को बैशाख मसान्त सम्ममा ६ लाख ९ हजार ७ सय ५ जना नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन ।
बैशाख कै डाटा मात्र देख्नेहो भने ७० हजारभन्दा नेपाली भुमी छोडदै रोजगारका लागि विदेसिएका छन । यस महिना विदेसीएका मध्ये महिला ६ हजार ६२७ रहेका छन भने पुरुष सबैभन्दा बढीरहेका छन । पुरुषको संख्या ६४ हजार १० रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत वर्षको तुलनामा दोब्बर हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा सात लाख व्यक्ति रोजगारीका लागि विदेश गएका थिए ।
विभागका अनुसार पछिल्लो १० महिनामा ६ लाख ६० हजार २सय ५५ जना वैदेशिक रोजगारीमा गएका छन ।