सिंहदरबार र नेताका घरबाट फोहोर उठाइँदैन, को–को जुध्नेहो, आए हुन्छ: बालेन

रोशन गुप्ता

बारा, ७ जेष्ठ

काठमाडौँ महानगरपालिकाका प्रमुख बलेन्द्र साह “बलेन”ले सिंहदरबार लगायत राजनीतिक दलका नेताको निवास र कार्यालयबाट फोहर नउठ्ने चेतावनी दिएका छन ।

फोहर मैला उठाउने सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि नगरप्रमुख साहले कर्मचारीलाई रिहा नगरे सम्म फोहर नउठाउने निर्णय गरेका हुन ।

मेयर साहले फेसबुकमा लेखेका छन, “सरकारले भ्रष्टाचारीलाई पक्राउ गर्न सकेको छैन, तैपनि काठमाडौँमा फोहर उठाउने चार जना चालकलाई पक्राउ गरेको छ ।

उनले भने, “सवारी चालकलाई सम्मानका साथ रिहा नगरेसम्म सिंहदरवारलगायत सबै पार्टी कार्यालय र नेताको घरबाट फोहर संकलन गर्दैनौं ।”

उनले सामाजिक सञ्जालमा लेखेका छन, “कसैलाई पनि छोड्ने छैन ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *