लागु औषध सहित एक युवक आफ्नै घरबाट पक्राऊ

SLF खबर सम्वाददाता /
पर्सा, १९ बैशाख
पर्साको पटेर्वासुगौली गा.पा.वडा नं.५ स्थित निचुटा बाट प्रहरीले एक युवकलाई लागु औषध सहित पक्राऊ गरेको छ । पक्राऊ परेका लक्ष्मी राउत कुर्मी ३७ वर्षियको साथबाट २ के.जी ९०० ग्रामलागु औषध सहित आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।


कुर्मीले घरमा लुकाइ छिपाई राखेको चरेश बारे जानकारी ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीलाई प्राप्त भएपछि निजको घर रीतपूवर्क खानतलासी गर्दा उक्त चरेश फेला परेको थियो ।


कुर्मीले चेरश आफु सुतने कोठामा लुकाइएको अवस्थामा पाइएको थियो । लागु औषध कसुरमा आजै सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको लागि थप म्याद लिइ थप अनुसन्धान अगाडी बढाइएको जानकारी पर्सा प्रहरी उपरिक्षक ओमप्रकाश खनालले बताएको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *