जीतपुरमा नगर सभापतिले बालबालिकाहरुलाई कपडा वितरण गरे

रोशन गुप्ता /
जीतपुर, २३ भदौ
नेपाली काग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताले बालबालिकाहरुका लागि कपडा वितरण गरेका छन । करिब ६० हजारको लगतमा ८० विधाथीहरुलाई कपडा वितरण गरिएको थियो ।


करिब ७ वर्ष देखि युवा नेताले संचालन गर्दै आएका निःशुल्क कोचिङ सेन्टरमा अध्यनरत्त जेहेनदार बिधाथीहरुलाई कपडा नगर सभापति ज्युले वितरण गरेका हुन । यसका साथै सभापति ज्युले भदौ २१ गते रजघटाका बिधालयमा अध्यनरत्त बिधाथीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको थिए ।


नेपाली काग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताले प्रत्येक वर्ष गरिब असहाय विधाथीहरुलाई अवश्यक सामाग्री वितरण गर्दैै आएका छन । वहाँले बालबालीकाहरुको सफलतामा शिक्षाले महत्व भुमिका खेल्ने गरेको तथा शिक्षा विना मानिसहरु न घरको न घाटको हुने कार्यक्रममा बताएका छन । यस कार्यक्रममा मनोज कुमार साह, शेखर भन्डारी , अनिल तिवारी लगाएत स्थानीयहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *