श्री सिद्धी विनायक पुजा एवम गणेश चतुर्थी महोत्सवको तैयारी पुरा

रोशन गुप्ता /
जीतपुर, २३ भदौ
जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ मा श्री सिद्धी विनायक पुजा एवम गणेश चतुर्थी महोत्सवको तैयारी पुरा भएको छ । जीतपुर गौशालाको फिल्डमा शुक्रबार देखि सुरु हुने तथा महोत्सव ५ दिन भव्य रुपमा हुने पुजा आराधना हुने समितिका अध्यक्ष श्री राम साह कानुले पत्रकार सम्मेलनमा बताएका हुन ।


श्री सिद्धी विनायक पुजा एवम गणेश चतुर्थी महोत्सव समितिले यही शुक्रबार शोभायात्रा आयोजना गरनेछ ।


विगतका दिनहरु जस्तो मेला, खेल, तमाशा, रोटे, पिंङ नराखिने भएको छ । कोभिड–१९ को कारणले गर्दा यसपाली मात्र श्री सिद्धी विनायक पुजा परम्परागत विधिवत पुजा आजा गरिने तथा पोहोर साल भन्दा ठुलो लडु ५१ किलो बनाइने छ । प्रत्येक संध्यामा भजन किर्तन गरिने तथा प्रत्येक दिन ५० किलो लडु दर्शनार्थीहरुलाई बितरण गरिने जानकारी पत्रकार सम्मेलनमा साहले बताएका हुन ।

One Reply to “श्री सिद्धी विनायक पुजा एवम गणेश चतुर्थी महोत्सवको तैयारी पुरा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *