रोशन गुप्ता/
जीतपुर, २३ भदौ
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित जीतपुरमा वडा स्तरीय बजेटबाट सामुदायी विधालयलाई खेलकुद सामग्री वितरण गरेका छ।

श्री फकिरा गिरी राजेश्वर गिरा माध्यमिक विधालयमा अध्ययनरत विधाथीहरुका लागि वडा–७ का वडा अध्यक्ष रामबाबु कलवारले वडा बजेट बाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री वितरण गरिएका छन । बालबालिकाहरु मोबाइलमा समय विताउदै गरेको कारणले गर्दा खेलकुद तर्फ आक्सन गर्ने हेतु बालबालिकाहरुलाई सो समाग्री वितरण गरिएको वडा अध्यक्षले बताएका छन ।

आजको यस समाग्री वितरण कार्यक्रममा वडा ७ का जनप्रतिनिधि एवं विधालय व्यवस्थापन समितिका सदस्य ज्ञानी पासवान, राजेश गिरी , विभा गुप्ता , मुन्नी राउत, विधालय व्यवस्थापन समितिका सदस्य मुरारी पुरी , मनोज पासवान एवम विधालयका शिक्षक तथा स्थानियहरुका उपस्थिति रहेको थियो । यसै विधालयका प्रधानाध्यापक राजुकुमार सिँहको सभाध्यक्षतामा तथा कार्यक्रमका संचालन शिक्षक गौतमले गरेको थिए ।


