बारा–पर्साका विभिन्न स्थानमा धुमधामका साथ गणेश चतुर्थी मनाइदै

रोशन गुप्ता /
जीतपुर, २५ भदौ
गणेश चतुर्थीको शुभ अवसरमा हिन्दु धर्मावलम्बीहरुले बारा–पर्साको बिभिन्न भागमा धुमधामका साथ मनाएका छन । शुक्रबार देखि ५ दिन सम्म श्री गणवेश भगवानको पुजा आयोजना हुने छ ।


शुकबार विहानी शोभा यात्रा भब्य रुपमा निकाली बारको जीतपुर तथा विरगंजको घरियर्वा पोखरीमा गणेश चतुथीको आयोजना धुमधामका साथ गरिएको थियो ।


गणेश चतुथीको पहिलो दिन अर्थात शुक्रबार बिहानै जीतपुर पुजा समितिका अध्यक्ष श्रीराम साह कानुले बताए सोभा यात्रा पुजा स्थल बाट निकालिएको शोभा यात्रामा घोडा दौड साथ बाजागाजाका साथ जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरका मुख्य सडक हुँदै पहाडी टोल, पाडाबाजार, केराढोका, टेढारोड लगायत बिभिन्न स्थानहरुको परिक्रमा गरिएको थियो ।
यसै गरी विरगंजमा पनि श्री गणेश चतुर्थीको अवसरमा पर्साको विंरगजमा शोभा यात्रा नगर परिक्रममा गरि पुनः पुजा स्थलमा फर्किएको थियो ।
यस सोभा यात्रामा बिभिन्न राजनितिज्ञ, समाजसेवाी, स्कुलका छात्र–छात्राहरु, बिभिन्न क्लबका पदाधीकारीहरु, श्रद्धालु भक्तजनहरु लगाएत स्थानीयहरुको सहभागीता रहेको थियो ।


देशमा शान्ति सुरक्षा कायमहोस् भन्दै जीतपुरको गौशालाको फिल्डमा ५ दिन सम्मका लागि आयोजना गरिएको छ । यस पुजाको मुख्य आकर्षणको रुपमा श्री गणेश भगवानलाई भोग चढाइँने दूई सय ६५ किलोको लडडु अर्थात महाभोग को लागि राखिएको हो । प्रत्येक दिनहुने सांस्कृतिक कार्यक्रममा बिभिन्न स्थानका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजक समितिका अध्यक्ष श्रीराम साह कानुले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *