रोशन गुप्ता /
जीतपुर, २५ भदौ
जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ ले आफ्नो क्षेत्रभित्र रहेका सामुदाययिक तथा मदरसा विधालयका विधाथीहरुलाई खेलकुदका सामग्री वितरण गरेको छ । वडा–७ का अध्यक्ष रामबाबु कलवारले जीतपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालय तथा ईस्लामिया मदरसा विधालयमा खेलकुद सामाग्री वितरण गरेका हुन ।

श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विधालयमा विहीबार खेलकुद समाग्री वितरण गरिएको थियो भने आज ईस्लामिया मदरसा विधालयमा वितरण गरिएको छ ।

वडा–७ कार्यलय द्धारा छुटयाइएका २ लाख ५० हजार बजेटबाट खेलकुद समाग्री वितरण गरिएको जानकारी वडा अध्यक्ष रामबाबु कलवारले बताएका छन ।

विधार्थीको शारीरिक विकासका लागि विधालयलाई खेलकुद सामग्री वितरण गरिएको हो । खेलकुद प्रति विधार्थीीहरुलाई आकर्षित गर्न सकियो भने बालबालिकाहरु स्वस्थ्य हुने, आखाको ज्योती वढने वडा अध्यक्ष रामबाबु कलवारले बताएका छन ।
ईस्लामिया मदरसा विधालयमा आयोजित यस कार्यक्रममा वडा अध्यक्ष रामबाबु कलवार, समाजसेवी राजेश गिरी, मुनी यादव, किशोरी साह तेली लगायत विधाथी तथा स्थानियहरुको सहभागीता रहेको थियो ।

