बारा, १८ असोज बागमती प्रदेश सभाको बैठक ११ बजे देखि बस्दै छ । आईतबार बस्ने भनेको बैठक स्थगित भएको थियो भने आज ११ बजे विहान बस्न लागेको हो ।
प्रतिपक्षी दलको विमतीसहित अवरोधका कारण आर्थिक वर्ष २०८०÷७१ को बजेटमा बैठक स्थगित हुँदै आएको छ । उनीहरुको आरोप छ कि बजेट विभेदकारी छ ।
असार १७ गते बोलाइएको बैठक ढिलो गरि ४ बजे सुरु भएको थियो । बैठक ढिलैबसाए पनि सफल हुन सकेन्न, प्रतिपक्षले विभिन्न माग राखेर नाराबाजी गरे पछि सो बैठक आज ११ बजे राखिएको छ ।
११ बुँदे माग सहित हिजै एमालेले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सो विषय बजेटमा समावेश गर्नु पर्नेमा जोड दिएका थिए ।
आजको बैठकमा सबैको सहमति देखेपनि बैठक सुचारु हुनेमा अझै शंक कायमै रहेको छ ।