रोशन गुप्ता
बारा, १७ आश्विन /
बारा जिल्ल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरामा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचिन गढिमाई मन्दिरमा लाग्ने मेलाको तैयारी पुरा भएको मेला समितिका अध्यक्ष रविन्द्र चौधरीले बताएका छन । मंगलवार मेला तथा विधिवत रुपमा बलि प्रथाको शुरुआत हुने तथा यसपालिको मेलामा सिसि टिभीको निगरानीमा आयोजन हुने चौधरीले बताएका छन ।

ऐतिहासिक सांस्कृतिक र पुरातात्विक हाष्टिकोणले महत्वपुर्ण मानिएको गढिमाई मेला हरेक वर्ष लाग्ने गरेको छ । यस मेलामा दुर्गा माताको रुपमा गढिमाई भगवतीको स्थानलाई केन्द्रविन्दु मानेर चारैतिर सिमाना निर्धारण गरिएकाले हिन्दु धर्म अनुयायीहरुले जुनसुकै ठाउँमा बलिदिइने गरेको परम्परा रहेको छ ।

दशैको दशौ दिन दर्शनका लागि गढिमाई मन्दिरमा श्रद्धालुको भीड बढदो रहेको हुन्छ । मेलामा छिमेकी राष्ट्र भारतबाट श्रद्धालुले मेलामा पुजा गर्नको लािग आउने गरेका हुन्छन । देवीले मनोकामना पुरा गर्ने तथा मनले चिताएको कुरा पुरा भएको विश्वासमा भक्तजनले आफ्नो भाकल अनुसार बलि दिने गरेका छन ।

पकेटमारलाई नियन्त्रण गर्ने हेतु मन्दिरको परिशरमा सिसिटिभीको व्यवस्था गरीको छ । मन्दिर परिश्रमा झैझग्डा नियन्त्रण गर्नको लागि प्रहरी खटाइएको ईलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरिक्षक कमल बहादुरले बताएका छन ।


