बारा–४ मा चौधरीको १ हजार भन्दा धेरै मतको अग्रता

रोशन गुप्ता 

बारा, ६ मंसिर /

प्रदेशसभा अन्तर्गत बारा क्षेत्र नम्बर ४ (क) मा नेकपा एमालेका उम्मेदवार देवनारायण थारुले १ हजार भन्दा धेरै मतको अग्रता बनाउनुभएको छ ।

पछिल्लो विवरण अनुसार नेकपा एमालेबाट उमेदवारी दिएका थारुले ६ हजार ५९९ मत प्राप्त गर्दा गठबन्धन तर्फबाट माओबादीबाट उमेदवारी दिएका क्षेत्रबहादुर श्रेष्ठले ५ हजार १८४ मत सहित पछयाइरहनुभएको छ ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उमदेवार यम जर्का मगरले २५५६ मत प्राप्त गर्दै तेस्रो स्थानमा हाल सम्म रहेका छन । यसै गरि चौथो स्थानमा हाम्रो नेपाली पार्टीबाट उमेदवारी दिएका संतोष कुश्वाहाँ रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *