बारा–४ मा मियाँ भन्दा श्रेष्ठ ३ हजार भन्दा बढीमतले अग्रता

रोशन गुप्ता
बारा, ७ मंसिर /

प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नम्बर ४ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार कसान श्रेष्ठले नेकपा एमालेका उमेदवार एकबाल मियाँ भन्दा ३ हजार ८५० मतले अग्रता बनाउनुभएको छ ।

पछिल्लो विवरण अनुसार सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादी पार्टी बाट उमेदवारी दिएका श्रेष्ठले ११ हजार ५८५ मत प्राप्त गर्दा नेकपा एमालेबाट उमेदवारी दिएका एकवाल मियाँले ७ हजार ७३५ मत सहित पछयाइरहनुभएको छ ।

तेस्रो स्थानमा स्वतन्त्र उमेदवारी दिएका उमदेवार इच्छा बहादुर वाग्ले २२४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा हाल सम्म रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *