इंग्ल्यान्डमाथि अफगानिस्तानको ऐतिहासिक जित

पवन सिंह
बारा, २९ असोज
डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले सन २०२३ को विश्वकपमा आइतबार अफगानिस्तान सँग आश्चर्यजनक हार बेहोरेको छ । अफगानिस्तानले ६९ रनको फराकिलो अन्तरले जित हात पारेको हो । यो ऐतिहासिक जितसँगै अफगानिस्तानले इंग्ल्यान्ड माथि पहिलो जित हात पारेको हो । जितका लागि २८५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४०.३ ओभरमा अलआउट हुँदै २१५ रनमा समेटियो ।

इङ्ल्यान्डका लागि ह्यारी ब्रुक्सले ६१ बलमा ६६ रन को योगदान दिँदै टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी बने । उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए । ओपनर डेविड मनलले ३२ रनको योगदान दिए । नियमित अन्तरालमा विकेट गुमाए पनि अन्य ब्याट्सम्यानले महत्वपूर्ण योगदान दिन सकेनन । बलिङतर्फ मुजिब रहमानले ५१ रन र तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले रहमानुल्लाह गुर्बुजको ८० रनको उत्कृष्ट प्रदर्शनको मद्दतमा ४९.५ ओभरमा अलआउट हुँदै १८४ रन बनाएको थियो । गुरबजले ५७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । उनले इब्राहिम जोर्डनसँग पहिलो विकेटका लागि १सय १४ रनको साझेदारी गरेका थिए । अफगानिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यान इकराम इलिकलले ६६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५८ रन को अर्धशतक पूरा गरे ।

इंग्ल्यान्डका लागि आदिल रसिदले सर्वाधिक ३ विकेट लिए । यो जितसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जित हात पारेको छ भने इंग्ल्यान्डले खेलेका तीन खेलमा दोस्रो हार बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *