सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् को बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउने प्रयास गर्दै आएको थियो ।
विशेषगरी उद्योगीव्यवसायीले बक्यौता नतिरेको करोडौं रुपैयाँ असुल्ने प्रयास भइरहेका बेला सरकार र उद्योगीहरू घिसिङविरुद्ध एकजुट भएका थिए ।
हिउँदमा विद्युत अभाव हुँदा घिसिङले रातको समयमा उद्योगधन्दालाई विद्युत आपूर्ति घटाएर सर्वसाधारणका लागि लोडसेडिङ हुनबाट जोगाउन सफल भएका थिए ।
ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्य हुन सक्ने संकेत गरेका छन ।
ऊर्जा व्यवस्थापनमा विशेषज्ञता हासिल गरेका घिसिङको कार्यकाल आगामी साउनमा पूरा हुने भएको तर सरकारले उनलाई अनुचित तरिकाले पदबाट हटाएको छ ।